काठमाडौं । नेपालकी टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशको ढाकामा भएको वल्र्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट-१ मा जित्नुभएको छ । ढाकास्थित शेख जमाल नेसनल टेनिस कम्प्लेक्समा भएको गल्र्स सिंगल्स फाइनलमा सुनिरा भारतकी एलिना फरिडसँग ६-३ र ६-० ले चुकेपछि सुनिरा रजतमा सीमित हुनुभएको हो ।
बंगलादेश टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको उक्त स्पर्धामा २७ खेलाडी सहभागी थिए । सुनिरा पहिलो चरणमा बाई पाउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गर्नुभएको थियो । प्रिक्वाटरफाइनलमा भारतकी गारुगुट्टी भेनेला रेड्डीलाई ७-५ र ७-६ ले पराजित गर्नुभएकी सुनिराले क्वाटरफाइनलमा भारतकै प्रिन्सी मन्दागाल्लालाई ६-४ र ६-४ ले पराजित गर्नुभयो । सेमिफाइनलमा सुनिराले भारतकै देवान्सी गोहिलमाथि ६-३ र ६-० को सहज जित दर्ता गर्दै फाइनलमा स्थान बनाउनुभएको थियो ।
उक्त प्रतियोगितामा नेपालबाट आइशा डोल्कर गुरुङ, राजवीर प्रधान र प्रणव मानन्धरले पनि प्रतिस्पर्धा गर्नुभएको थियो । तीनै खेलाडी पदकविहीन बन्नुभयो । नेपाली टोलीले सोमबारदेखि सुरु हुने यसै प्रतियोगिताको सर्किट-२ मा पनि सहभागिता जनाउनेछ । सर्किट–२ भने बंगलादेशको राजशाहीमा हुनेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता