काठमाडौं । दोश्रो क्वालिफायरमा रोयल किङलाई ३३ रनले पराजित गर्दै गोर्खा लिजेण्ड चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्लालिफायरमा गोर्खाले दिएको १५८ रनको लक्ष्य पछ्याएको रोयलले ११४ रन मात्र बनाउन सक्यो ।
रोयलका लागि शिवम् यादवले अर्धशतक इनिङ्स खेल्नुभयो । यादवले ६६ रन बनाउनुभयो । आक्रमक इनिङ्स खेल्दै उहाँले ६ छक्का पाँच चौका प्रहार गर्नुभयो । रोयलका लागि एन्जल राईले १५ र राज बस्नेतले १४ रन बनाउनुभयो ।
रोयललाई रोक्न गोर्खाका आभाष पाहिमले एक्लै चार विकेट लिनुभयो । सोलोमन राईले दुई र सुजन थपलिया र फडिन्खैपौडेलले समान एक–एक विकेट लिनुभयो ।
त्यसअघि, टस हारेर ब्याटिङ गरेको गोर्खाले आठ विकेटको क्षतिमा १५७ रन बनायो । जसका लागि राज पालुङाले अर्धशतक बनाउनुभयो । उहाँले आठ छक्का र पाँच चौकाको मद्दतले ७४ रनको इनिङ्स खेल्नुभयो । राजको लिगमा यो तेस्रो अर्धशतक हो । समित राईले ३४ र सोलोमन राईले १३ रन बनाउनुभयो ।
रोयलका दिवस राजबंशी, सोनु मण्डल र सुवास भण्डारीले समान दुई-दुई विकेट लिनुभयो । खेलको म्यान अफ दी म्याच गोर्खाका राज पालुङा घोषित हुनुभयो । शनिबार फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले एक लाख ३१ हजार र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले ७१ हजार १०० रुपैयाँ प्राप्त गर्नेछ । नगरभित्रका सात फ्रेन्चाइज टिम यो संस्करणमा प्रतिस्पर्धा गरेका छन् । कात्तिक १० बाट सुरु भएको लिगमा यसपटक नगर बाहिरका खेलाडीसमेत समावेश छन् । सोही कारण प्रतियोगिताको रौनक बढेको आयोजकले दाबी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच