काठमाडौं । शाओमीले अंग्रेजीे नयाँ वर्षको उत्सवमा थप खुशी थप्न रेड्मी १२ सी को मूल्य घटाएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो ‘अंग्रेजी नयाँ वर्षको सुरुवात अझै उत्साहपूर्ण बनाउन रेड्मी १२ सी को मूल्यमा छुट प्रदान गर्न पाउँदा खुशी छौं र हामी विश्वस्त छौं कि रेड्मी १२ सी को प्रभावशाली सुविधा र कार्यसम्पादन साथ ग्राहकको अपेक्षाहरू पूरा गरिरहनेछ ।’
मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित रेड्मी १२ सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्न कम्पनीको दाबी छ । रेड्मी १२ सी मा रहेको ५० एमपी डुअल रियर क्यामेराले जस्तोसुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्ने बताइएको छ ।
चार जीबी प्लस ६४ जीबी र छ जीबी प्लस एक सय २८ जीबीमा उपलव्ध रेडमी १२ सीको मूल्य क्रमशः १४ हजार चार सय ९९ रहेकोमा १२ हजार नौसय ९९ र १६ हजार नौसय ९९ रहेकोमा १५ हजार नौ सय ९९ रुपैयाँ मा पाइने कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts