
काठमाडौं । काठमाडौंमा ‘विशेष शान्ति कविता गोष्ठी’ आयोजना गरिएको छ । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले यो गोष्ठी आयोजना गरेको हो । २०६५ सालदेखि नेपाली साहित्य, कला, संस्कृतिका क्षेत्रमा यस संस्थाले काम गर्दै आएको छ । कार्यक्रममा प्रमुख अतिथि कवि तुलसी दिवसले आफ्नो चर्चित कविता ‘हिँडदा हिँडदै...’ वाचन गर्दै कविता गोष्ठीको उद्घाटन गर्नुभएको थियो । साहित्यकारले आफ्नो स्वतन्त्र व्यक्तित्व निर्माण गर्नुपर्ने उहाँको सुझाव थियो ।
सो अवसरमा प्रतिष्ठानले नगद राशि ११ हजार १०१ सहित कवि शकुन्तला जोशीलाई सम्मानित गरेको थियो । कवि दिवसलगायत अतिथिहरूले कवि जोशीलाई सम्मानित गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानको वार्षिक साहित्यिक पत्रिका ‘कलाश्री’को नयाँ अंक सार्वजनिक गर्नुका साथै कलाश्रीको ई-पत्रिका पनि लोकार्पित गरिएको थियो ।
शान्ति कवि गोष्ठीमा कविहरू विधान आचार्य, विश्वविमोहन श्रेष्ठ, उषा शेरचन, एसपी कोइराला, वसन्त श्रेष्ठ, प्रतीक ढकाल, डा.कृष्णराज डिसी, शकुन्तला जोशी, रामगोपाल आशुतोष, सोझो गाउँले, मोहित जोशी, कविता राई, रसिक राज, उमेश अकिञ्चन, मौन आवाज, प्रेमिला राईले आ-आफ्ना कविता वाचन गर्नुभएको थियो ।
प्रतिष्ठानका संरक्षक डा.विमल कोइरालाले साहित्यले मुलुकको सभ्यताको परिचय दिने बताउनुभयो । त्यसको मापन गर्ने कला साहित्य र संगीत नै भएको उहाँको भनाइ थियो । प्रा.डा.गोविन्दराज भट्टराईले प्रकाशित कृति कलाश्रीमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष साहित्यकार मोमिला र राजेश्वर कार्कीले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच