सालकको छालासहित धादिङमा एक महिला पक्राउ

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले दुर्लभ वन्यजन्तु सालकको आखेटोपहारसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ नीलकण्ठ नगरपालिका वडा नं। १२ मदलेका सरिता राउत रहेको प्रहरीले जनाएको छ ।

लोपउन्मुख संकटपन्न वन्य जन्तु सालकको सिङ्गै छाला (आखेटोपहार)सहित सरिता राउतलाई पक्राउ गरिएको हो । राउतको घरमा सालकको छाला लुकाई छिपाई राखेको छ भन्ने सुचना प्राप्त भएपछी खटिएको प्रहरीले राउतको घर खोजतलासी गर्दा घरको माथिल्लो तल्लामा काठको फल्याकमा लुकाई सुकाई राखेको अवस्थामा फेला पारेको थियो ।

ADVERTISEMENT

राउतलाई कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङलाई बुझाईएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *