औषधि र स्वास्थ्यकर्मीसहित लुम्बिनी सरकारको टोली भूकम्प प्रभावितहरुको उपचार र उद्धारमा

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । भूकम्पका कारण दुखेका कर्णालीका दुई जिल्लाका घाउमा लुम्विनी प्रदेश मलम बनेको छ । लुम्बिनी प्रदेश सरकारले औषधि र स्वास्थ्यकर्मीसहितको टोली भूकम्प प्रभावितहरुको उपचार र उद्धारका लागि जाजरकोट र रुकुम पश्चिम पठाएको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी र औषधीसहितको टोली जाजरकोट र रुकुम पश्चिमका लागि पठाएको हो ।

घाइतेहरुका लागि तत्काल आवश्यक पर्ने औषधिसहित स्वास्थ्यकर्मीको टोली जाजरकोट र रुकुम पश्चिमका लागि प्रस्थान गरिसकेको लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिनुभएको छ ।
मुख्यमन्त्री चौधरीले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासँग सहयोगको आवश्यकताको विषयमा छलफल गरेको र तत्काल औषधी र स्वास्थ्यकर्मीको आवश्यकता बढी रहेको बताएपछि लुम्विनी सरकारले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेन्डेन डा. पदमराज न्यौपानेको नेतृत्वमा स्वास्थकर्मीको टोली पठाएको जानकारी दिनुभयो।

मुख्यमन्त्री चौधरीले भन्नुभयो,‘भूकम्पका कारण घाइते हुनुभएका बिरामीहरुको स्वास्थ्य उपचारका लागि सहयोग पु¥याउने उद्देश्यले लुम्विनी प्रदेश सरकारले औषधि र स्वास्थ्यकर्मी पठाएको हो ।’
स्वास्थ्यकर्मीको टोलीमा अधिकांश सरकारी अस्पताल र केही निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी रहेका छन् ।

ADVERTISEMENT

पछिल्लो जानकारी अनुसार शुक्रवार राती जाजरकोटको जाजरकोटको रामीडाँडाँ आसपासलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परेर हालसम्म १ सय ३२ जनाको मृत्यु तथा १ सय ४० जना घाइते भएका छन् । जसअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको छ ।

यसैगरी पश्चिम रुकुममा गए राति गएको शक्तिशाली भूकम्पमा परी घाइते भएकाहरूको उद्धार तथा उपचारका लागि दाङबाट सशस्त्र प्रहरीको एक टोली पनि पश्चिम रुकुमका लागि प्रस्थान गरेको छ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीका अनुसार सशस्त्र प्रहरीका १७ जनाको उद्धार टोली त्यसतर्फ पठाइएको छ। जिल्लाबाट टोलीले उद्धारका लागि आवश्यक पर्ने उद्धार सामग्री ,औषधी लगेको छ। कर्णाली प्रदेश सरकारको समन्वयमा उद्धार पठाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?