-होमनाथ सापकोटा
चितवन । चितवनका क्रियाशिल पत्रकार राजनदिल गुरुङको गाडी तोडफोड गरी सञ्चार सामग्रीसहित नगद चोरी भएको छ । राप्ती नगरपालिका वडा नं ७ वीरेन्द्रनगर चोक नजिक पार्किङ गरेर राखेको गाडी शनिबार राती अज्ञात समुहले तोडफोड गरी नगद चोरी भएको हो ।
घटना राती साढे १ बजे भएको हो । गुरुङको बा १७ च ५४४१ नम्बरको गाडी तोडफोड गरी २३ हजार नगदसहित क्यामरा चोरी भएको प्रहरीले जनाएको छ । गाडीमै रहेको लाइसेन्स र एटिएम कार्ड भने खुरखेरे चोकमा भेटिएको गुरुङले जानकारी दिनुभयो । तोडफोडबाट गाडीमा क्षति पुगेको छ ।
प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता