बेइजिङ । चिनियाँ प्रहरीले वन्यजन्तु अपराधमा संलग्न भएको अभियोगमा ९० हजार जनालाई पक्राउ गरेको छ । एक जना सार्वजनिक सुरक्षा अधिकारीका अनुसार प्रहरीले सन् २०२० देखि २०२२ सम्म वन्यजन्तुसँग सम्बन्धित ७० हजारभन्दा बढी आपराधिक मुद्दाको अनुसन्धान गरेको छ भने सोही अवधिमा ९० हजार जनालाई सोही प्रकृतिको अपराधमा पक्राउ गरिएको हो ।
बितेका तीन वर्षमा १३ लाख सात हजार वन्यजन्तु तथा एक लाख ८० हजार किलोग्राम वन्यजन्तुजन्य वस्तु बरामद भएका सार्वजनिक सुरक्षा मन्त्रालयअन्तर्गतको खाद्य तथा लागूऔषध अपराध अनुसन्धान विभागका प्रमुख ल्यु वुकिनले शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । उक्त अवधिमा मन्त्रालयको अनुसन्धानमा रहेका सबै १५० मुद्दा निरूपण गरिएको उहाँले जानकारी दिनुभयो ।
‘यो वन्यजन्तुसम्बन्धी अपराध अन्त्य गर्न दुई वर्षअघि देशव्यापीरूपमा थालिएको अभियानको परिणामको हो’, उहाँले सञ्चारकर्मी माझ भन्नुभयो ।
अभियानअन्तर्गत राष्ट्रिय निकुञ्ज, चिडियाखाना, सर्कस, पशुपालन र प्रचार क्षेत्रलाई लक्ष्य गरी अनुसन्धान गरिएको तथा त्यस क्रममा गैरकानुनी रूपमा पालिएका एक लाख २० हजारभन्दा बढी वन्यजन्तुलाई मुक्त गरिएको विभागले जनाएको छ । रासस/सिन्हृवा ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts