भोजपुर । भोजपुरको छिनामखुमा जारी पुरुष तथा महिला फुटबल प्रतियोगितामा पुरुषतर्फ सात टिम क्वाटर फाइनलमा प्रवेश गरेका छन ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्वर २ छिनामखुमा जारी छिनामखु कप प्रथम संस्करण खुला पुरुष तथा महिला फुटबल प्रतियोगिता अन्तर्गत पुरुष तर्फ छिनामखु सरोकार समाज, पौवदुङमा फुटबल क्लब, राइजिङ युथ क्लब दिक्तेल, कोदार फुटवल क्लव, भैसिपंख फुटबल क्लब, कोट फुटबल क्लब, देउराली फुटबल क्लब क्वाटर फाइनलमा प्रवेश गरेका छन ।
छिनामखुमा रहेको कुलुङ सामुदायिक खेलकुद मैदानमा जारी प्रतियोगितामा प्रथम हुनेले एक लाख एक हजार ११, दोस्रो हुनेले ५० हजार पाँच सय ५५ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । यस्तै महिला तर्फ प्रथम हुने टिमले २५ हजार पाँच सय २५ र दोस्रो हुनेले १५ हजार एक सय १५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छिनामखु युवा समाजका अध्यक्ष रुवालुङ राईले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्धघाटन गाउँपालिका अध्यक्ष सरोज बस्नेतले गर्नु भएको थियो । फुटबल प्रतियोगितामा पुरुष तर्फ १६ टिम र महिला तर्फ ४ ओटा टिम सहभागी थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts