विश्वकपमा क्वालियफायर हुनु एकमात्र लक्ष्य : कप्तान पौडेल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाै‌ं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टि २० विश्वकपमा क्वालियफायर हुनु नै आफूहरुको एकमात्र लक्ष्य रहेको बताउनुभएको छ ।

आईतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमना उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्ला ६ महिना यता ब्याटिङ राम्रो भएको बताउनु भयो । उहाँले पहिलाको कुरालाई बिर्सिएर मुख्य लक्ष्य अब आउने खेलमा लगाएको बताउनु भयो । उहाँले क्वालियफायर घरेलु मैदानमा भएको र आफूहरुले ठूलो अवसरको रुपमा लिएको बताउनु भयो ।

उहाँले कुनैपनि टिमलाई सहज रुपमा नलिएको र क्वालिफाइ हुने आफूहरुको लक्ष्य रहेको बताउनु भयो । सबै खेलाडीहरुले आफूहरुको अनुभव प्रदर्शन गरेर विश्वकपमा छनोट हुनुपर्ने बताउनु भयो

ADVERTISEMENT

त्यस्तै प्रशिक्षक मोन्टी देसाईले कुनैपनि टिमले विपक्षी टिमलाई कमजोर आँक्न नहुने बताउनु भयो । उहाँले नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले एकपटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने बताउनु भयो । उहाँले आफ्ना लागि सबै खेल महत्वपूर्ण रहेको बताउनु भयो ।

कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ । नेपाल रहेको समूह ए मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *