एक लाख नक्कली नोटसहित बर्दघाटबाट दुई जना पक्राउ
Read Time = 1 min
नवलपरासी । पश्चिम नवलपरासीमामा प्रहरीले नक्कली नोट सहित दुइ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुबाट नक्कली नोट र नोट बनाउन प्रयोग गरिने समाग्री नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाको आधारमा बर्दघाट नगरपालिका वडा नं.४ को बर्दघाट बजारमा रहेको विनय होटलको कोठा नं.३ खानतलासी गर्दा १ लाख रुपैया नक्कली नोटसहित २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एव प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा तनहुँ रिषिङ्ग गाँऊपालिका वडा नं.३ का बर्ष २५ का सुरज वि.क. र बुलिङ्गटार गाउँपालिका ६ ठिमुरा बस्ने बर्ष ३० को कृष्ण बहादुर वि.क. भएकाे प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता