रोहित, दीपेन्द्र र कुशल एफवानसँग आबद्ध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित तीन स्टार खेलाडी एफवान सफ्ट ग्रुपसँग ब्राण्ड एम्बासडरका रूपमा आबद्ध हुनुभएको छ । एफवान सफ्ट ग्रुपका सहायक कम्पनीहरू फोनपे, इसेवा र इसेवा मनि ट्रान्सफरले क्रमशः ओपनर कुशल भुर्तेल, कप्तान रोहितकुमार पौडेल र अलराउण्डर दीपेन्द्र सिंह ऐरीसँग सम्झौता गरेको हो ।

एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्मा, इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम, इसेवा मनि ट्रान्सफरका बिजनेस अपरेशन म्यानेजर सुमित भण्डारी र फोनपेका चिफ बिजनेस अफिसर सुमित दासको उपस्थितिमा खेलाडीसँग सम्झौता भएको थियो ।

‘हामी हाम्रा राष्ट्रिय नायकहरूसँग जोडिन पाउँदा गर्व महसुस गर्छौं र उहाँहरूको यात्रामा सहभागी हुन पाउँदा हामी खुसी छौँ । यस साझेदारीको प्राथमिक उद्देश्य भनेको हाम्रो क्रिकेट प्रतिभालाई अटल समर्थन प्रदान गर्नु र खेलाडीहरूको व्यक्तिगत र व्यावसायिक विकासमा सहयोग गर्नु हो । यसका साथै खेलाडीहरूलाई हाम्रो प्रयासको केन्द्रबिन्दुमा राखेर नेपाली क्रिकेटमा सफलता र उपलब्धिको नयाँ युग प्रज्ज्वलित गर्ने लक्ष्य हामीले लिएका छौँ,’ एफवान सफ्ट गु्रपका निर्देशक सुवास शर्माले सम्झौता कार्यक्रममा भन्नुभयो ।

ADVERTISEMENT

दीपेन्द्रले अघिल्लो सातामात्रै १९औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्ध नौ बलमा अर्धशतक प्रहार गर्दै दुर्लभ विश्व कीर्तिमान बनाउनुभएको थियो । उहाँ विश्वमै सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडी हुनुहुन्छ ।

दीपेन्द्र २०१७ देखि नेपाली क्रिकेट टोलीमा पहिलो रोजाइमा खेल्दै आउनुभएको छ । त्यस्तै, रोहितले २०१८ र कुशल भुर्तेलले २०२१ देखि नेपाली क्रिकेट टोलीबाट खेल्दै आउनुभएको छ । रोहित गत वर्ष नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त हुनुभएको थियो । कुशल, रोहित र दीपेन्द्र नेपालका प्रमुख खेलाडी हुनुहुन्छ । तीनै ब्याटरले उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?