काठमाडौं । नेपाली महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाले क्लबका लागि इजरायलमा गोल गर्नुभएको छ । इजरायलको महिला लिगमा खेलिरहनु भएको उहाँ सम्मिलित हापोएल रानानाले हापोएल काटामोन जेरुसेलमसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको खेलमा सावित्राले गोल गर्नुभएको हो ।
दोस्रो हाफमा मैदान प्रवेश गरेकी सम्बाले इन्जुरी समयमा पेनाल्टी बक्स बाहिरबाट गोल गर्नुभएको थियो । रानानाका लागि अर्काे गोल थोम्पसनले गर्नुभयो । चार दिनअघि लिग च्याम्पियन केर्यात गाटसँगको खेल रानानाले ५-० ले गुमाएको थियो । रानानाको अर्को खेल अर्को साताको बिहीबार आसा तेल अभिभसँग हुनेछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts