फुटसल टोली सर्बिया प्रस्थान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सर्बियाको बेलग्रेडमा आयोजना हुने आइएसएफ वल्र्ड स्कुल च्याम्पियनसिप फुटसल २०२३ मा सहभागी हुने नेपाली टोलीलाई निमित्त सदस्य-सचिव प्रकाशकुमार कुसारी ‘सम्राट’ ले राष्ट्रिय खेलकुद परिषद्मा शुभकामनासहित नेपालको झण्डा प्रदान गरेर बिदाइ गर्नुभयो ।

ADVERTISEMENT

नेपाल स्कुल स्पोर्ट्स महासंघका महासचिव राजकुमार कार्कीको नेतृत्वमा सर्बिया जाने टोलीको प्रशिक्षकमा अंकित श्रेष्ठ रहनुभएको छ भने अन्य खेलाडीहरूमा सैदीप दाहाल, सारांश पुरी, सुगत श्रेष्ठ, श्यामिर श्रेष्ठ, श्यायुम श्रेष्ठ, रजत श्रेष्ठ र तेन्जिङ दावा लामा रहेका छन् । प्रतियोगिता असोज २१ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *