अख्तियारद्वारा नेपाल विद्युत् प्राधिकरणका फोरमेनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका फोरमेन विर्जुकुमार महतोविरुद्ध मुद्दा दायर गरेको छ । महतोविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

ADVERTISEMENT

प्रवक्ता दाहालका अनुसार महतो एक उद्योगमा विद्युत्को क्षमतामा वृद्धि गरिदिएबापत सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको अवस्थामा गत भदौ १९ गते पक्राउ परेका थिए । आरोपी महतोलाई २५ हजार बिगो कायम गरी सोहीबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?