दीपेन्द्र र सागरलाई जनही दुई लाख दिने घोषणा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सागर डिस्ट्रिलरीको रोयल ब्लुले एसियन गेम्सको क्रिकेटमा विश्व कीर्तिमान बनाउने दुई खेलाडीलाई जनही दुई लाखसहित सम्मान गर्ने घोषणा गरेको छ । सागर डिस्ट्रिलरीले बिहीबार विज्ञप्ति जारी गर्दै टी-ट्वान्टी क्रिकेटमा विश्व कीर्तिमान बनाउने कुशल र दीपेन्द्र सिंह ऐरीलाई जनही दुई लाख रुपैयाँसहित सम्मान गर्ने बताएको छ ।

कुशल र दीपेन्द्रको कीर्तिमानी प्रदर्शनमा नेपालले एसियन गेम्स क्रिकेटमा भियतनामविरुद्ध ऐतिहासिक जित दर्ता गरेको थियो । दीपेन्द्रले नौ बलमा अर्धशतक प्रहार गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको थियो भने कुशलले सबैभन्दा चाँडो शतक प्रहार गर्ने कीर्तिमान कायम गर्नुभएको थियो ।

ADVERTISEMENT

रोयल ब्लुका ब्राण्ड हेड ऋतिक शाहीले विज्ञप्तिमार्फत् भन्नुभएको छ, ‘कुशल र दीपेन्द्रले क्रिकेट मैदानमा गरेको असाधारण उपलब्धिका लागि हामी अत्यन्तै गर्व गर्छौँ । उनीहरूको उल्लेखनीय प्रदर्शनले नेपालको महिमा मात्र भएको छैन, क्रिकेटका उत्साहीहरूको एक पुस्तालाई पनि प्रेरित गरेको छ । पूर्णता र उत्कृष्टतामा समर्पित ब्राण्डका रूपमा रोयल ब्लु उनीहरूको उत्कृष्ट रेकर्डलाई सम्मान गर्न पाउँदा खुसी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *