लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा विभिन्न सम्मानको घोषणा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरले स्रष्टा सम्मानको क्रमलाई निरन्तरता दिँदै विभिन्न व्यक्तित्वलाई सम्मानित गर्ने निर्णय गर्ने घोषणा गरेको छ । साहित्यकला मन्दिरका महासचिव रमण घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’ तन्त्र विज्ञानका विद्वान् प्रा.विद्यानाथ उपाध्याय भट्टलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

ADVERTISEMENT

त्यस्तै, ‘सरस्वती सम्मान’ प्रसिद्ध कवि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वउपकुलपति डा.विष्णुविभु घिमिरे तथा व्यङ्यकार लक्ष्मण नेवटियालाई संयुक्त रूपमा प्रदान गरिने निर्णय गरिएको छ । साहित्यकला मन्दिरले नारायण गोपाल संगीत सम्मान संगीतकार एवं लोकगायिका झुमा लिम्बूलाई प्रदान गर्ने निर्णय गरेको छ । साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *