नेपाल, युएई र हङकङबीच त्रिकोणात्मक सिरिज हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपालले आगामी महिना हुने आइसिसी टी-२० विश्वकप एसिया फाइनल छनोटअघि तीन देश सम्मिलित त्रिकोणात्मक टी-२० आई सिरिज आयोजना गर्ने भएको छ । मंगलबार बसेको नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले नेपाल, युएई र हङकङबीच असोज ३० देखि कात्तिक ९ गते त्रिवि क्रिकेट मैदानमा त्रिकोणात्मक सिरिज आयोजना गर्ने निर्णय गरेको हो ।

त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनका आधारमा हुनेछ अर्थात् सबै टोलीले एकअर्कासँग समान दुई खेल खेल्नेछन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल टियु क्रिकेट मैदानमा हुनेछ । अन्य सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।

ADVERTISEMENT

आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक १३ देखि २० गतेसम्म मूलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । त्यसैको तयारीस्वरूप नेपालले त्रिकोणात्मक सिरिज आयोजना गर्न लागेको हो ।

विश्वकप छनोटको समूह ‘ए’ मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र एसिया क्वालिफायर ‘ए’ बाट विजेता टोली नेपाल आउनेछ । एसिया क्षेत्र छनोट ‘ए’ मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन् । एसिया क्षेत्र ‘ए’ आगामी सेप्टेम्बर २८ देखि ५ अक्टोबरसम्म कतारमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *