काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ ।
दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३–२ ले पराजित भयो ।
बुधबार घरेलु मैदान दशरथ रंगलशालामा भारतसँग नेपाल टाइब्रेकरमा पराजित भएको थियो ।

प्रशान्त लक्सम लिम्बु, लक्ष्मण थापा र विक्रम तामाङले पेनाल्टीमा गोल गर्न नसकेपछि नेपाल पराजित बन्यो । नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरे ।
भारतका लागि अर्जुन सिंह,गोम्सर गोयारी र माङलिङ थेङ किपिङले गोल गरे । दिनेश सिंह र रिक्की मित्तलको पेनाल्टी नेपालका गोलरक्षक जियारथ शेखले बचाएका थिए ।

यसअघि निर्धारित समयको खेल १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
यससँगै भारत फाइनलमा प्रवेश गरेको छ । यसअघि पाकिस्तान फाइनलमा पुगिसकेको छ ।






