बैकुण्ठलाई उज्ज्वल तारा खेल सम्मान प्रदान गरिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । उज्ज्वल तारा स्कुल काँडाघारीले म्याराथुन धावक बैकुण्ठ मानन्धरलाई १५ हजार ५५५ रुपैयाँ राशिसहितको ‘उज्ज्वल तारा खेल सम्मान-२०८०’ प्रदान गर्ने निर्णय गरेको छ । ७२ वर्षीय धावक मानन्धरले दक्षिण एसियाली खेलकुदमा दौडतर्फ तीनवटा स्वर्ण पदक जित्नुभएको छ भने सन् १९७६ देखि १९८८ सम्म भएका ओलम्पिक खेलमा सहभागी हुनुभएको छ ।

विद्यालयले हरेक वर्ष आयोजना गर्दै आएको ‘उज्ज्वल तारा दशैँ रन फर गुड हेल्थ’ को सातौँ संस्करणका अवसरमा यही असोज २७ गते शनिबार धावक मानन्धरलाई सो सम्मान प्रदान गरिने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीले बताउनुभयो ।

ADVERTISEMENT

विद्यालयले विगत सात वर्षदेखि पाँच किलोमिटर दूरीको दौड आयोजना गर्दै आएको र यो वर्षको सातौँ संस्करणको दौड असोज २७ गते शनिबार आयोजना गरिने दौडका संयोजक एवं नेपाली सेनाका महासेनानी विष्णु कार्कीले बताउनुभयो । संयोजक कार्कीका अनुसार प्रतियोगितामा खुलातर्फ १८ वर्षभन्दा माथिका उमेर समूहका महिला र पुरुषतर्फ गरी दुई विधा, अभिभावकतर्फ पुरुष र महिलाका गरी दुई विधा, युगल जोडीको एउटा विधा र ५५ वर्ष उमेरमाथि समूहको पुरुष र महिलातर्फ दुई विधा गरी सातवटा विधा रहनेछन् ।

दौडका विजेताहरूलाई विधाअनुसार नगद, ट्रफी, पदक र प्रमाणपत्रका साथै पोखरा र चितवनका तारे होटेलहरूमा एक रात खानेबस्ने सुविधासहितको उपहार रहेको महासेनानी कार्कीले बताउनुभयो । कार्कीका अनुसार दौडमा सहभागी हुन प्रत्येक सहभागीले नाम दर्ता शुल्कबापत ३५० रुपैयाँ तिर्नुपर्ने र त्यसरी संकलन भएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘बाल मुटुरोग अस्पताल’लाई हस्तान्तरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *