पूर्वमन्त्री श्रेष्ठलाई ६ महिना कैद, सम्पत्ति जफतसहित ९८ लाख जरिवाना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ६ महिना कैद र ९८ लाख २९ हजार ५३७ रुपैयाँ जरिवाना गरेको छ । विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीका अनुसार बिगो बमोजिमको सम्पत्ति जफतसमेत हुने फैसला भएको हो ।

पूर्वमन्त्री श्रेष्ठ गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका हुन् । त्यसैगरी श्रेष्ठकी श्रीमती र छोरीको नाममा रहेको गैरकानूनी सम्पत्तिसमेत जफत हुने फैसला भएको कार्कीले जानकारी गराउनुभयो ।

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६६६ रुपैयाँ ९८ पैसा बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । न्यायाधीशद्वय यमुना भट्टराई र खुशीप्रसाद थारूको इजलासमा हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा सोमवार फैसला भएको हो । श्रेष्ठ पूर्व पर्यटन, शान्ति तथा खेलकुदमन्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?