एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले उनीहरुको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा नवनिर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले टोलीलाई बिदाइ गर्दै शुभकामना दिनुभयाे ।

यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्ने नेपालले समूह चरण पार गरेमा भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ ।

ADVERTISEMENT

नेपाली टोलीमा रोहित पौडेल, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्सन झा, विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, विवेक यादव,  प्रतिश जिसी र अविनाश बोहरा छन् ।

ललित राजबंशीले भने चोटका कारण एसियाड गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?