काठमाडौं । नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का निर्वाचित हुनुभएको छ । प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित हुनुभएको हो ।
कुल ८५ मतदाता रहेकामा ७५ मत गनिसक्दा पारसले जितका लागि आवश्यक ४३ मत पाउनु भएको छ । पारसले ४३ मत पाउँदा प्रशान्तले ३२ मत ल्याउनु भएको छ ।
अब १० मत मात्रै गन्न बाँकी छ । त्यसैले मतगणना नसकिँदै पारस प्राविधिक रूपमा विजयी हुनुभएको हो । तर, मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।
यसअघि नै क्यानको अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहिरिनुभएको छ ।
भावी अध्यक्षको कार्याकालका लागि उहाँले मात्रै मनोनयन दर्ता गरे पछि सर्वसम्मत रुपमा निर्वाचित भएर दोहोरिनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच