काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि छनोट हुनुभएका डान्स स्पोर्ट्स खेलाडी दीपक लामाले डब्लुडिएफ विश्व च्याम्पियनसिप प्रतिस्पर्धा गर्नुहुने भएको छ । सेप्टेम्बर २३ देखि २४ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन दीपक मंगलबार बेल्जियमको लुउभेन प्रस्थान गर्दै हुनुहुन्छ । दीपकले वान अन वान ब्रेकिङ स्पर्धामा प्रतिस्पर्धा गर्नुहुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले दीपक लामालाई उच्च मनोबलका साथ प्रदर्शन गरी देशको गौरव अभिवृद्धि गर्न हौसला बढाउँदै एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।






