भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शनिवार भएको अण्डर–१६ अन्तर विद्यालय स्तरीय बिहानी कप फुटवल प्रतियोगितामा एक मात्र गोल गर्दे विद्योदय मावि भोजपुर बिजेता बनेको छ ।
निर्धारित खेलको अन्तिम समयमा विद्योदयका तर्फबाट जर्सी नम्वर १० का दिपसन तामाङले गरेको एक गोल निर्णायक भएको थियो । प्रतिस्पर्धामा रहेको सिद्धकाली इङलिस बोर्डिङ स्कुल भोजपुरले गोल गर्न सकेन । उसले उपबिजेतामा नै चित्त बुझायो ।
बिहानी फुटवल क्लवको आयोजना तथा भोजपुर जिल्ला फुटवल संघको संयोजनमा भाद्र २७ बाट जारी प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमले नगद २० हजार, नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाएका छन भने बेष्ट गोलकिपर, बेष्ट डिफन्डर, बेष्ट मिडफिल्डर, उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको ब्यवस्था गरिएको छ ।
बिजेता टिमहरुलाई भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, पार्टी प्रतिनिधी, जनप्रनिनिधी, आयोजक संस्थाका पदाधिकारी लगायतले पुरस्कार प्रदान गर्नु भयो ।
प्रतियोगितामा लक्ष्मी मावि आम्तेक, सिंहदेवी माबि हेलौछा, बिद्योदय माबि भोजपुर, युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमी भोजपुर, सिद्धेश्वर मावि दावा, सिद्धकाली इङलिस बोर्डिङ स्कुल भोजपुर, जनसेवा आबि भोजपुर, भोजपुर एकेडेमी, अन्नपूर्ण बागधन रणदिपा मावि अन्नपूर्ण, जाल्पा मावि भैसिपंखा, पञ्चकन्या मावि बोखिम, सगरमाथा इङलिस बोर्डिङ स्कुल भोजपुर, यसोधरा मावि टक्सार र जनकल्याण मावि आम्तेक गरी १४ विद्यालयले सहभागिता जनाएका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts