भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा बुधवारबाट अन्तर विद्यालय स्तरीय बिहानी कप फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको कोशी प्रदेश सांसद बिनोद बान्तवाले उद्घाटन गर्नु भयो ।
बुधवार पहिलो चरणमा छ वटा खेलहरु भएका थिए भने बिहिवार ४ वटा खेलहरु हुने छन् । बिहानी फुटवल क्लवको आयोजना तथा भोजपुर जिल्ला फुटवल संघको संयोजनमा भाद्र २७ बाट ३० गतेसम्म संचालन हुने प्रतियोगितामा लक्ष्मी मावि आम्तेक, सिंहदेवी मावि हेलौछा, बिद्योदय माबि भोजपुर, युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमी भोजपुर, सिद्धेश्वर मावि दावा, सिद्धकाली इङलिस बोर्डिङ स्कुल भोजपुर, जनसेवा आबि भोजपुर, भोजपुर एकेडेमी, अन्नपूर्ण बागधन रणदिपा मावि अन्नपूर्ण, जाल्पा मावि भैसिपंखा, पञ्चकन्या मावि बोखिम, सगरमाथा इङलिस बोर्डिङ स्कुल भोजपुर, यसोधरा मावि टक्सार र जनकल्याण मावि आम्तेकको टिमले सहभागिता जनाएको आयोजक बिहानी फुटवल क्लवका अध्यक्ष रिपेश भुजेलले जानकारी दिनुभयो ।
एक लाख ६० हजारको लागतमा संचालन हुन लागेको प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमले नगद २० हजार, नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन । यस्तै बेष्ट गोलकिपर, बेष्ट डिफन्डर, बेष्ट मिडफिल्डर, उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजक बिहानी फुटवल क्लवले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts