इन्टर मियामीद्वारा स्पोर्टिंग पराजित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं। इन्टर मियामीले स्पोर्टिंग केसीलाई पराजित गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले स्पोर्टिंग केसीलाई ३(२ गोल अन्तरले पराजित गरेको हो ।

मेजर लिग सकरअन्तर्गत भएको खेलमा लिओनार्दो काम्पानाले दुई गोल गरेका थिए भने फाकुन्डो फारीयासले एक गोल गरेका थिए । त्यसैगरी स्पोर्टिंग केसीका लागि डानियल सल्लोई र अलान पुलिड़ोले एक एक गोल गरेका थिए ।

ADVERTISEMENT

लियोनल मेसीको आगमनपछि अपराजित रहेको इन्टर मियामीले यो खेलमा मेसी बिना नै जित हासिल गरेको छ । मेसी हाल अर्जेन्टिनाको राष्ट्रिय टिममा रहेकाले इन्टर मियामीको यस खेलका लागि उपलब्ध थिएनन् ।

यो जितपछि इन्टर मियामीको २६ खेलमा २८ अंक भएको छ र लिगको इस्टर्न कन्फेरेन्समा १४औँ स्थानमा छ । त्यस्तै स्पोर्टिंग केसी भने वेस्टर्न कन्फेरेन्समा २८ खेलमा ४० अंकसहित ११औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *