नक्कली नेपाली नोटसहित एकजना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट १ हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाईलसहित गोरखा, गोरखा नगरपालिका- ४ धारापानी घर भई काठमाडौं नागार्जुन नगरपालिका ८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई प्रहरीले पक्राउ गरेको छ ।

स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोवार भइरहेको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।

ADVERTISEMENT

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *