भोजपुर गट ट्यालेन्ट प्रतियोगिताको आयोजना

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपूर्णमा भोजपुर गट ट्यालेन्ट प्रतियोगिताको आयोजना भएको छ ।

कलाकारहरुको खोजी र नयाँ पुस्तालाई कलाकारिता क्षेत्रमा लाग्न प्रोत्साहन गर्न जिल्लामा भोजपुर गट ट्यालेन्ट नाम दिएर नृत्य तथा गायन प्रतियोगिता आयोजना गरिएको डाइमण्ड डान्स क्रु सेन्टरका संचालक सुशन घिमिरेले बताउनुभयो । पहिलो चरणमा पालिका स्तरीय प्रतियोगिताहरु संचालन हुने घिमिरेले जानकारी दिनुभयो । भोजपुर नगरपालिमा ६५ जना सहभागी मध्ये २२ कलाकार छनौट प्रतियोगिता भई सकेको छ ।

टेम्केमैयुङ गाउँपालिकामा २८ जना सहभागी रहेकोमा ११ जना छनौट गरिएको हो । सोक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेतले कलाकारिता क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । अध्यक्ष बस्नेतले पालिका भित्र रहेका कलाकारहरुलाई निरन्तर सहयोग गर्न आफुहरु सकारात्मक रहेको बताउनुभयो ।

ADVERTISEMENT

भोजपुर फिल्मस प्रालि र डाइमण्ड डान्स क्रु सेन्टरको संयुक्त आयोजनामा छनौट चरणका कार्यक्रमहरु भई रहेका छन । भोजपुरमा २ नगरपालिका र ७ गाउँपालिका छन । बाँकी रहेका पालिकाहरुको कार्यक्रम चाडै सार्वजनिक गर्ने र उक्त पहिलो चरणको छनौट कार्यक्रम सकिएपछि पाचौ चरणमा कार्यक्रम सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाण पत्रसहित नगद पुरस्कार समेत पाउनेछन् भने नृत्य र गायन एक वर्ष निशुल्क रुपमा सिक्न पाउने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *