एसिया कप : बंगलादेशलाई हराउँदै ‘सुपर फोर’ मा पाकिस्तान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । एसिया कपको सुपर फोरमा पाकिस्तानले विजयी सुरुआत गरेको छ । सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बंगलादेशविरुद्ध सात विकेटको सहज जित निकालेको हो ।

बुधबार गद्दाफी रंगशालामा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पाकिस्तानले ३९.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।

ADVERTISEMENT

त्यसअघि टस जितेर ब्याटिङमा आएको बंगलादेशले ३८.४ ओभरमा सबै विकेट गुमाएर १९३ रनको योगफल खडा गरेको थियो ।

जितसँगै दुई अंक जोडेको पाकिस्तान सुपर फोरको शीर्ष स्थानमा छ । पाकिस्तान, बंगलादेश, भारत र श्रीलंका चार टिम रहेको सुपर फोरमा सबै टिमले एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष दुई टिम उपाधि भिडन्तका लागि फाइनलमा प्रवेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *