काठमाडौं । नेपालले आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा युएईविरुद्ध पहिले ब्याटिङ गर्दै छ ।
नेपाल अपराजित रुपमा समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गर्न चाहन्छ । खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेबाट सुरु भएको छ ।
नेपाल र युएई दुवै राष्ट्रिय टोलीको समान ८ अंक रहेको छ।
तर, युएई नेट रन रेटको आधारमा शीर्ष स्थानमा रहँदा नेपाल भने दोस्रो स्थानमा छ। आजको खेलले समूह विजेता र उपविजेताको टुगो लाग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । तेस्रो खेलमा भुटानलाई ३ विकेटले हराएको नेपालले चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो ।
उता, अपराजित युएई पनि नेपाललाई पराजित गरि अपराजित रुपमा सेमिफाइनल पुग्न चाहन्छ ।
प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल खेल रहेको छ ।
प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts