वर्षाका कारण नेपाल र भारतबीचको क्रिकेट खेल रोकियो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतबीच भइरहेको खेल पानीले अवरुद्ध भएको छ ।

खेल रोकिनुअघि ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ ।

नेपालबाट हाल क्रिजमा रहेका दीपेन्द्रसिंह एरी २७ र सोमपाल कामी ११ रनमा खेलिरहेका छन्।

ADVERTISEMENT

पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा छैटौँ विकेट गुमाएको छ ।

श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले छैटौँ विकेटका रुपमा गुल्सन झालाई गुमाएको हो । गुल्सनले ३५ बलमा तीन चौकाको मद्दतमा २३ रन जोड्दै भारतका मोहम्मद सिराजको बलमा आउट भए ।

नेपालले यसअघि कुशल भुर्तेल, भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ललाई गुमाएको थियो । कुशलले ३८ रन बनाए भने भीमले सात, रोहितले ५ तथा कुशलले दुई रन जोडेका थिए । त्यस्तै आशिफ शेखले सर्वाधिक ५८ रन जोड्दै आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *