एसिया कप : भारतविरुद्ध नेपालका आसिफको अर्धशतक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका आशिफ शेखले ५० रन पुरा गरेका छन् ।

नेपालले २८.१ ओभरमा ४ विकेट गुमाएर १२५ रन जोडेको छ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफले १०औं अर्धशतक बनाएका हुन् ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दैछ ।

ADVERTISEMENT

नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो भने दोस्रो विकेटको रुपमा भिम सार्कीलाई गुमायो । त्यस्तै नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेल आउट भए । कुशलले ३८ रन बनाए भने भिमले सात तथा रोहितले पाँच रन जोड्दै बाहिरिए ।

अहिले क्रिजमा सुरुआती व्याट्सम्यान आशिफ शेख र गुलशन झा क्रिजमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *