काठमाडौं । नेपाल उमा कुङ्फु संघको आयोजनामा छैटौँ राष्ट्रिय रेफ्री सेमिनार जरंकुमा सम्पन्न भएको छ । भदौ २२ र २३ गते जरंकुमै हुने छैटौँ राष्ट्रिय उमा कुङ्फु प्रतियोगितालाई लक्षित गरी आयोजना गरिएको एकदिने सेमिनारमा १५ निर्णायकको सहभागिता रहेको नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाउनुभएको छ ।
सहभागीहरूमा रिजा महर्जन, रविन पुतुवार, निराजन मुक्तान, सिवान सुनुवार, मनिष पुतुवार, सुनिता श्रेष्ठ, सुनमाया तामाङ, श्रीषा खनाल, पासाङ तामाङ, मनोज विन्दुकार, शिव कुँवर, राजदीश नेम्कुल, सरिना घले, गोपाल थापा र सुरेन्द्र राई रहनुभएको छ ।
उहाँहरूलाई अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, सञ्जितकुमार राई, दीपक श्रेष्ठ, रमेश महर्जन, कमल मगर र सञ्जयराज पुतुवारले परिवर्तित नियमबारे जानकारी गराउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच