भुटानमाथि नेपालको ३ विकेटले जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं ।  आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोट खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ ।

यूकेएम वाईएसडी क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएर जितका लागि दिएको ४० रनको लक्ष्य नेपालले १३ ओभरमा पूरा गरेर विजयी भएको हो ।

नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन् । कविता जोशीले ९ रन, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाइन् ।

ADVERTISEMENT

भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु गुरुङ र सोनमले १/१ विकेट लिए ।

नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् । यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले ११ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?