एसियाडमा नेपालले जापान र कम्बोडियासँग खेल्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । चीनमा हुने १९औं एसियाली खेलकुदको समूह चरणमा नेपालले जापान र कम्बोडियासँग खेल्ने भएको छ । नेपाल, जापाना र कम्बोडिया समूह ‘बी’मा छन् । समूह ‘ए’मा अफगानिस्तान र मंगोलिया छन् । समूह ‘सी’मा हङकङ, चीन र सिंगापुर छन् ।

समूह ‘डी’मा बहराइन, माल्दिभ्स र मलेसिया छन् । हरेक समूहका शीर्ष चार टोली क्वार्टरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश छन् ।

नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा जापानसँग खेल्नेछ । नेपालले अक्टोबर १ मा कम्बोडियासँग खेल्नेछ । क्वार्टरफाइनल ३ र ४ अक्टोबरमा हुनेछ । सेमिफाइनल ६ अक्टोबरमा हुनेछ । फाइनल र तेस्रो स्थानको लागि ७ अक्टोबरमा हुनेछ । टी-२० फम्यार्टमा हुने खेलमा नेपाल १५औं वरीयताको टोली हो भने जापान ५३ औ रं कम्बोडिया ८७औं वरियतामा छ ।

ADVERTISEMENT

नेपालले रोहित पौडेलको कप्तानीमा एसियन खेलकुद खेल्ने टोली घोषणा गरी सकेको छ । भारतले र पाकिस्तानले ए टोली पठाउने छन् । भारतले ऋतुराज गायकवाड र पाकिस्तानले कासिम अक्रमले कप्तानी गर्नेछन् ।

नेपालको टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?