अल नासिरको फराकिलो जितमा रोनाल्डोको सानदार प्रदर्शन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शन रहेको खेलमा साउदी प्रो लिगमा अल नासिर क्लबले सानदार जित निकालेको छ ।

मंगबार राति रोनाल्डो प्रेरित अल नासिरले अल शबाबमाथि ४–० को शानदार जित निकालेको हो ।

खेलको १३ औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै अल नासिरलाई अग्रता दिलाएका थिए । रोनाल्डाले नै ३८ औं मिनेटमा गोल गदैं टोलीको अग्रता दोब्बर गराएका थिए ।

रोनाल्डोले दुवै गोल पेनाल्टी मार्फत गरेका थिए । खेलको ४० औं मिनेटमा साडियो मानेले गोल गर्दै अल नासिरलाई ३(० को स्थितिमा पुर्याएका थिए ।

ADVERTISEMENT

रोनाल्डोको पासलाई सदुपयोग गर्दै मानेले गोल गरेका थिए । ८० औं मिनेटमा सुल्तानले गोल गर्दै अल नासिरको जित निश्चित गराएका थिए ।

अल नासिर चार खेलको समाप्तिमा १८ टिम सहभागी लिगको छैंटौं स्थानमा छ ।

फराकिलो जितसंगै अल नासेरले ४ खेलमा २ मा जित निकाल्दै ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लेको छ ।

पराजित अल शबाबको समान खेलमा २ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?