अष्ट्रेलियामा नेपाली खेलाडीलाई पाँच पदक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका नेपाली राष्ट्रिय कराँते खेलाडीहरूले त्यहाँ भएको राष्ट्रिय कराँते च्याम्पियनसिपका विभिन्न विधामा पाँच पदक जितेका छन् । अष्ट्रेलियाको राष्ट्रिय कराँते प्रतियोगितामा १३औँ दक्षिण एसियाली खेलकुद (साग)का रजत पदक विजेता दिवस श्रेष्ठले दुई रजत, मलिका थापाले रजत र कांस्य तथा मनिष थापाले कांस्य गरी कुल पाँच पदक जित्न सफल हुनुभएको हो ।

ADVERTISEMENT

दिवसले ८४ केजीमाथि र खुला टिम फाइटमा रजत पदक जित्न सफल हुनुभएको हो । यस्तै, मलिका थापाले महिला ५५ केजीतर्फ कांस्य र टिम खुलातर्फ रजत पदक जित्न सफल हुनुभएको हो । यस्तै, टिम खुलातर्फ मनिष थापाले कांस्य पदक जित्न सफल भएको १३औँ सागका दोहोरो स्वर्णधारी तथा हालका प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *