जितबहादुरलाई कोरियामा दोहोरो स्वर्ण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता तेक्वान्दो खेलाडी जितबहादुर बोटले दक्षिण कोरियामा दोहोरो स्वर्ण पदक जित्नुभएको छ । १३औँ सागका दोहोरो कांस्य पदक विजेता बोटले कोरियामा आठौँ डेजोन कप इन्टरनेसनल खुला तेक्वान्दो च्याम्पियनसिप र गङ्वन चुनचुवान वल्र्ड तेक्वान्दो कल्चर फेस्टिभलमा स्वर्ण पदक जित्नुभएको छ ।

गत अगष्ट ११ देखि १६ तारिखसम्म आयोजना भएको आठौँ डेजोन कप इन्टरनेसनलमा जितबहादुरले ३० वर्षमुनिको एकल पुम्सेमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

ADVERTISEMENT

यसैगरी दक्षिण कोरियामै अगष्ट १८ देखि २० तारिखसम्म आयोजना भएको गङ्वन चुनचुवान वल्र्ड तेक्वान्दो कल्चर फेस्टिभलमा १३औँ सागकी स्वर्ण विजेता पार्वती गुरुङसँग मिलेर ३० वर्षमुनिको पेयर पुम्सेमा जितबहादुरले स्वर्ण पदक जित्नुभएको हो । १३औँ सागमा जितबहादुर बोटले पेयर पुम्से र टिम पुम्सेमा कांस्य पदक जित्नुभएको थियो ।

यसैगरी पार्वती गुरुङले एकल पुम्सेमा स्वर्ण र पेयर पुम्सेमा कांस्य पदक जित्नुभएको थियो । पेयर पुम्सेमा जितबहादुर र पार्वतीले नै प्रतिस्पर्धा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *