अल-नासर एएफसी च्याम्पियन्स लिगमा छनोट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । साउदी क्लब अल-नासर एएफसी च्याम्पियन्स लिगमा छनोट भएको छ।

मंगलबार राति भएको प्लेअफमा हारको संघारमा पुगेको अल-नासरले खेलको अन्तिम ९ मिनेटमा ३ गोल गर्दै शबाब अल-अहलीलाई ४-२ ले पराजित गरेको हो ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल-नासरका लागि एन्डरसन टालिस्काले दुई गोल गरे।

ADVERTISEMENT

सुल्तान अल-घानाम र मार्सेलो ब्रोजोभिचले समान १/१ गोल गरे । पराजित शबाब अल अहलीका लागि याह्या अल घासानीले दुई गोल गरेका थिए ।

साउदीबाट यसअघि अल-इतिहाद, अल-फायहा र अल-हिलाल च्याम्पियन्स लिगका लागि छनोट भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *