गोरख बक्स गणलाई भलिबलको उपाधि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

महेन्द्रनगर । नेपाली सेनाको सुदूरपश्चिम पृतनास्तरीय ट्रफीअन्तर्गत गणतर्फको भलिबल प्रतियोगिताको उपाधि गोरख बक्स गण अछामले जितेको छ । मंगलबार बिहान कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं. २५ वाहिनी अड्डा भगतपुर ब्यारेकमा भएको फाइनल खेलमा देवीदल गण तेघरी ब्यारेकलाई ३-१ सेटले पराजित गर्दै गोरख बक्सले उपाधि जितेको हो ।

गत शनिबारदेखि सुरु भएको ट्रफीअन्तर्गत कञ्चनपुरमा गुल्मस्तरीय भलिबल, स्विमिङ र बक्सिङ सञ्चालन भइरहेको छ । प्रतियोगितामा उपाधि विजेता गोरख बक्स गणलाई सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गर्नुभयो ।

कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, श्री नं. २५ वाहिनी अड्डा भगतपुर ब्यारेकका वाहिनीपति सहायक रथी मनोज थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुवेर खड्का, कञ्चनपुर भलिबल संघका अध्यक्ष श्यामसिंह मौनी, विभिन्न गण तथा गुल्मका गुल्मपतिलगायत सैनिक अधिकृतको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

यही भदौ १० गतेसम्म सञ्चालन हुने पृतनापति ट्रफीमा भलिबल, फुटबल, बास्केटबल, स्विमिङ, बक्सिङलगायतका खेल समावेश छन् । खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा समेत राष्ट्रको नाम रोशन गर्दै सेनाले हरेक वर्ष ट्रफी आयोजना गर्दै आएको छ ।

साथै खेलाडीमा सामूहिक भावना ल्याउनाका साथै नेपाली सेनाको स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद तथा स्पोटर््स फर फ्रेण्डसिपलाई मनन गर्दै विभिन्न विधामा उत्कृष्ट खेलाडी उत्पादन गर्ने अभिप्रायले ट्रफी आयोजना गरिएको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *