कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता बढ्दै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राखेपमा कर्मचारीको आन्दोलन प्रति राखेपका पूर्व सदस्य सचिवदेखि बोर्ड सदस्यहरूको समेत समर्थन बढ्दै गएको छ । दुई महिना पहिला सुरु गरेको कर्मचारीहरूको बढुवा प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन युवा तथा खेलकुद मन्त्रालय तथा व्यववस्थापन पक्षले आलटाल गरेको भन्दै कर्मचारी संघको नेतृत्वमा दोस्रो चरणको आन्दोलन जारी रहेको संघका अध्यक्ष सरस्वती केसीले जानकारी दिनुभएको छ ।

परिषदमा २७ बर्षदेखि कर्मचारीहरू एउटै पदमा कार्यरत रहेको भन्दै बढुवा प्रक्रिया सुरु गरेको परिषद बोर्डले अहिले ढिलासुस्ती गरेको भन्दै दवावका लागि कर्मचारीहरूले हातमा कालोपट्टी बाधेर १० बजे देखि १ जे सम्म पेनडाउन गरेका छन् ।

कर्मचारीको आन्दोलनलाई समर्थन गर्दै परिषद्का पूर्व सदस्य-सचिव युवराज लामाले आफू कर्मचारीको बढुवाको पक्षमा जुन सुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् । यस्तै बागमती प्रदेशका सदस्य-सचिव तथा राखेप बोर्डका सदस्य सूर्यलाल भण्डारी, बोर्ड सदस्यहरू प्रकाश कुसारी तथा नन्दा बस्याल लगायतले पनि कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता जनाएको कर्मचारी संघका महासचिव कुमार बस्नेतले बताउनुभएको छ ।

ADVERTISEMENT

ओलम्पियनद्वय बैकुण्ठ मानन्धर र जितबहादुर केसीले बढुवा प्रकृया चाँडो भन्दो चाँडो टुंग्याउन सम्बन्धित निकायको ध्याणाकर्षण गराउनुभएको छ ।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय परिषदको बोर्डको समन्वयको अभाव तथा वेवास्ताका कारण २७, २० र १७ बर्ष देखि कर्मचारीको बढुवा हुन नसकेको कर्मचारीहरूको गुनासो छ । परिषद्को कर्मचारी सेवा सर्त नियमावली अनुसार थालिएको बढुवा प्रक्रियालाई पनि बीचैमा निष्कृय बनाउने खेल सुरु भए पछि कर्मचारीहरू आन्दोलनमा जान बाध्य भएको उनीहरूको भनाइ छ । छिटै बढुवा प्रक्रिया पूरा नभए परिषद्बाट गरिने सबै प्रकारको कार्यक्रमहरू ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *