काठमाडौं । आयोजनाको भुक्तानी दिएबापत घुस लिएको आरोपमा सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत पद्मविनोद पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पोखरेललाई गत असार २६ गते घुस रकमसहित नियन्त्रणमा लिइएको थियो । सडक निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी दिने क्रममा एक लाख रुपैयाँ घुस बुझेको पुष्टि भएपछि बिगो अनुसार जरिवाना सजायसमेत गर्न माग दाबी लिएर आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।






