नेपालमा पहिलोपटक ब्याडमिन्टन एसियाको प्रतियोगिता हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपालमा ब्याडमिन्टन एसियाको प्रतियोगिता पहिलोपटक हुने भएको छ । नेपाल ब्याडमिन्टन संघले ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप २०२३ को आयोजना गर्ने भएको छ । प्रतियोगिता काठमाडौंमा भदौ १ गतेदेखि ५ गतेसम्म एपिएफ क्लबको हलचोकस्थित कभर्डहलमा हुनेछ ।

च्याम्पियनसिपमा यू-१५ र यू-१७ उमेर समूहका प्रतियोगिता हुनेछन् । व्यक्तिगततर्फ यू-१५ गल्स सिंगल्स, ब्वाइज सिंगल्स, गल्र्स डबल्स, ब्वाइज डबल्स र मिक्स डबल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

त्यस्तै, यू-१७ तर्फ पनि गल्र्स सिंगल्स, ब्वाइज सिंगल्स, गल्र्स डबल्स, ब्वाइज डबल्स र मिक्स डबल्स गरी ५ स्पर्धा समावेश गरिएको छ । त्यस्तै, यू-१५ र यू-१७ टिम च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा हुनेछ । त्यसैले प्रतियोगितामा कुल इभेन्ट सञ्चालन हुनेछन् ।

ADVERTISEMENT

व्यक्तिगत र टिम स्पर्धा समावेश गरिएको छ । प्रतियोगितामा आयोजक नेपालसहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्स गरी दक्षिण एसियाका ६ देशबाट ८-८ जना खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । नेपाली टिममा १६ खेलाडी छन् । व्यक्तिगत स्पर्धामा आयोजक मुलुकका तीन खेलाडी एउटै स्पर्धामा सहभागी हुन पाउने व्यवस्था छ भने अन्य देशका दुई खेलाडीले एउटा स्पर्धामा प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गरिएको छ ।

च्याम्पियनसिपमा कुल ५२ खेलाडी सहभागी हुनेछन् । महिलातर्फ २६ र ब्वाइजतर्फ पनि २६ जना खेलाडीको सहभागिता रहने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताअन्तर्गत दक्षिण एसियालीस्तरका विभिन्न चार इभेन्ट्स पनि सञ्चालन हुँदैछ, जसमा साउथ एसिया लिडर्स डिभलमेन्ट मिटी, साउथ एसिया वुमेन्स इन ब्याडमिन्टन वर्कसप, साउथ एसिया रिजनल एम्पायर कोर्स र साउथ एसिया जुनियर ट्रेनिङ क्याम्प छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?