सुशील कोइराला राष्ट्रिय पुरस्कार तथा सम्मान प्रदान

दलीय नियन्त्रणबाट पत्रकारिता स्वतन्त्र हुनु आवस्यक : वरिष्ठ पत्रकार एवं प्रा. दाहाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

नेपालगञ्ज । वरिष्ठ पत्रकार हिमालय टाइम्सका प्रधान सम्पादक प्रा.पुरुषोत्तम दाहाललाई सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । नेपालगञ्जमा आयोजित एक कार्यक्रममा संघीय सांसद तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले सम्मान प्रदान गर्दै दाहालले नेपाली पत्रकारिता, स्वतन्त्रता आन्दोलन, मानव अधिकार अभियानसहित साहित्यमा पु¥याएको योगदान प्रशंसनीय रहेको विचार प्रकट गर्नुभयो ।

सह–महामन्त्री राठौरले नेपाली कांग्रेसको शुभेच्छुक र भ्रातृ संस्थाहरूले पार्टीको सिद्धान्त, विचार, नीति र कार्ययोजनालाई सफल बनाउन आमनागरिकसमक्ष सकारात्मक सन्देशकासाथ पु¥याउन आहृवान गर्दै अनुशासनविना लोकतान्त्रिक संस्कृति विकास नहुने तथा लोकतन्त्र सबल नहुने स्पष्ट गर्नुभयो

पुरस्कार तथा सम्मान ग्रहण गर्दै दाहालले दलीय दबाब र अनुशासनमा आबद्ध हुनासाथ स्वतन्त्रता आन्दोलनमा सक्रिय संस्थाहरू अनुबन्धित हुनुपर्ने अवस्था आउने भएको हुनाले शिक्षक, प्राध्यापक, पत्रकार, कानुन व्यवसायी वा कर्मचारीहरू दलीय छाताभन्दा बाहिर रहनसके मात्रै लोकतन्त्रको मर्यादा कायम हुने विचार प्रकट गर्नुभयो ।

दाहालले सुशील कोइरालासँग कतिपय सन्दर्भमा आफ्नो बिमति रहे पनि ०४६ साल पछिका प्रधानमन्त्रीहरूमध्ये कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी जस्तै सुशील कोइरालाको छवि स्वच्छ रहेको, जसरी ०४७ मा भट्टराई नभएको भए संविधान जारी हुने थिएन त्यसरी नै ०७२ मा सुशील कोइराला नभएको भए संविधान जारी हुनु संभव नभएको बताउनु हुँदै मदन भण्डारी र जीवराज आश्रितको मृत्यु र दरबार काण्डजस्तै गरी सुशील कोइरालाको निधन प्रकरण पनि रहस्यपूर्ण भएको हुनाले अनुसन्धान हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

ADVERTISEMENT

नेपाल प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालले पत्रकारितालाई मर्यादित बनाउन र लोकतान्त्रिक संस्कृति विकास गर्न प्रेस युनियन निरन्तर सक्रिय रहेको र संगठन विस्तारमा लागेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, महासचिव दिलीप पौडेल, प्रेस युनियन बाँकेका पूर्वअध्यक्ष हेमन्त कर्माचार्य, मेघराज वली, प्रेस चौतारी, प्रेस सेन्टरका स्थानीय अध्यक्षहरू, प्रेस युनियनका प्रदेश पदाधिकारीहरू र नेपाली कांग्रेसका नेताहरूसहितका वक्ताले प्रेसको भूमिकाको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा अग्रज पत्रकारिता पुरस्कार नेपाल टिभीका विजयकुमार वर्मा, सिर्जनशील पत्रकारिता पुरस्कार गजे थापामगर, जगन्नाथ पत्रकारिता पुरस्कार लोकमाया (सुमित्रा) सुवेदी र उदीयमान पत्रकारिता पुरस्कार कृष्ण अधिकारीलाई प्रदान गरिएको थियो । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको स्मृतिमा पच्चीस हजार पाँच सय पचपन्न रुपैयाँ राशि रहेको सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी भोलाद्वारा स्थापित दुई लाख रुपैयाँको कोषबाट सञ्चालन भएको जानकारी दिइएको थियो ।

०७६ सालमा पहिलो पटक वरिष्ठ पत्रकार तारानाथ दाहाललाई यो पुरस्कारबाट सम्मानित गरिएको थियो । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको सम्मानमा उहाँका सुपुत्र वरिष्ठ अधिवक्ता तथा पूर्वउपमेयर विजयकुमार गुप्ताद्वारा स्थापित एक्काईस हजार राशि रहेको अग्रज पत्रकारिता राष्ट्रिय पुरस्कार र अन्य पुरस्कार विभिन्न व्यक्तित्वहरूको सौजन्यमा रहेको जानकारी दिइएको थियो ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन वलीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अग्रज पत्रकार सम्मान हेमन्त कर्माचार्य, प्रेम केसी, नेत्र केसी र श्रीराम सिग्देल तथा प्रेस युनियन बाँकेका पूर्वअध्यक्षहरू माधव साह, मेघराज वली, नरेन्द्र थापा, जयनारायण शाह र संस्थापक सदस्य अजीतकुमार शर्मालाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?