नेपाली टोलीमा तीन नयाँ अनुहार

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा तीन नयाँ खेलाडीहरूले स्थान बनाएका छन् । युवा अलराउण्डर पूजा महतो, विकेटकिपर रुवि पोदार र लेग स्पिनर खुशी डंगोलले पहिलो पटक नेपाली महिला क्रिकेट टोलीमा स्थान बनाउनुभएको हो । यही अगष्टको अन्त्यमा मलेसियामा हुने आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको नेपाली टोलीमा उहाँहरू पर्नुभएको हो ।

महोत्तरीमा घर हुनुभएकी पूजा महतोले भारतमा क्रिकेट खेल्दै सिनियर टोलीमा स्थान बनाउनुभएको हो । उहाँले घरेलु प्रतियोगिता खेल्नुभएको छैन । उहाँले शीर्ष र मध्यक्रम ब्याटिङ गर्नुहुन्छ । उहाँ तीव्र गतिको बलरसमेत हुनुहुन्छ । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेलिरहनुभएकी रुवि पोदार विकेटकिपर व्याटर हुनुहुन्छ । उहाँले अनुभवी ब्याटर ज्योति पाण्डेको स्थान लिनुभएको हो । यस्तै टोलीमा पहिलोपटक पर्नुभएकी खुशी डंगोल बागमती प्रदेशबाट खेल्नुहुन्छ । उहाँ लेगस्पिनर हुनुहुन्छ । नेपाली टोलीमा रहनुभएका स्पिनर कृतिका मरासिनी, ब्याटर ज्योति पाण्डे र बलर सरस्वती चौधरीलाई भने टोली बाहिर राखिएको छ ।

ADVERTISEMENT

क्रिकेट संघले घोषणा गरेको टोलीमा रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवि पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल हुनुहुन्छ ।

आइसीसी वुमन्स विश्वकप टी-२० एसिया क्षेत्र छनोट मलेसियामा अगष्ट ३१ देखि ९ सेप्टेम्बरसम्म हुनेछ । प्रतियोगिताको समूह ‘ए’मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् । समूह ‘बी’मा चीन, हङकङ, कुवेत, थाइल्याण्ड र म्यानमार छन् । प्रतियोगिता हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *