थप तीन फुटबल खेलाडी अष्ट्रेलिया प्रस्थान

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालका थप तीन फुटबल खेलाडी अष्ट्रेलिया पलायन भएका छन् । राष्ट्रिय टोलीका दुई सदस्यसहित तीन खेलाडी अष्ट्रेलिया प्रस्थान गरेका हुन् । राष्ट्रिय टोली तथा मच्छिन्द्र क्लबका मिडफिल्डर पुजन उपरकोटी र संकटा क्लबका डिफेन्डर निशान खड्का तथा राष्ट्रिय टोलीबाट खेलिसकेका नेपाल पुलिस क्लबका विगर रवि शकर पासवान अष्ट्रेलिया जानुभएको हो ।

यसअघि सोमबार सातदोबाटो युवा क्लबका फरवार्ड दीपकराज सिंह ठकुरी अष्ट्रेलियाका जानुभएको थियो । पछिल्लो एक वर्षमा झण्डै ५० नेपाली व्यासायिक खेलाडी विदेश पलायन हुनुभएको छ । पुजन र निशान अष्ट्रेलियामा रहेको नेपालीहरूको क्लब नेपाल युनाइटेड र रविन एफसी फेवाबाट फुटबल खेल्नेछन् ।

ADVERTISEMENT

पुजनले राष्ट्रिय टोलीबाट २२ खेल खेलेका छन् । सन् २०२० मा बंगलादेशविरुद्ध खेल्दै पुजनले राष्ट्रिय टोलीबाट डेब्यू गर्नुभएको थियो । सन् २०२१ मा बंगलादेशविरुद्ध खेल्दै निशानले राष्ट्रिय टोलीबाट डेब्यू गर्नुभएको थियो । उहाँले राष्ट्रिय टोलीबाट दुई खेल खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *