कराँची । पाकिस्तानले अर्को महिना हुने एकदिवसीय एसिया कपका लागि आफ्नो टोली घोषणा गरेको छ । ३० अगष्टदेखि १७ सेप्टेम्बरसम्म पाकिस्तान र श्रीलंकामा हुने एसिया कपका लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा टोली घोषणा गरेको हो ।
घोषित पाकिस्तानको टोलीमा बाबर आजम (कप्तान)सँगै अब्दुल्लाह शफिक, फखार जमान, हरिस रौफ, इफ्तिखर अहमद, इमाम उल हक, मोहम्मद हरिस, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वासिम जुनियर, नसिम शाह, सलमान अली अघा, शादब खान, शाहिन अफ्रिदी, तयाब ताहिर, उस्मान मिर र फहिम अशरफ हुनुहुन्छ ।
पाकिस्तानले एसिया कपअघि अफगानिस्तानसँग तीन ओडिआई खेलको सिरिज खेल्दै तयारी गर्नेछ । जुन अगष्ट २२, २४ र २६ गते हुनेछ । पाकिस्तानले पहिलो रोजाइको टोलीलाई नै एसिया कपका लागि मैदानमा उतारेको छ ।
एसिया कपको समूह ‘ए’मा पाकिस्तान, भारत र नेपाल छन् । समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । पाकिस्तानले ३० अगष्टमा घरेलु मैदान मुल्तानमा नेपालसँग खेल्दै एसिया कपमा सुरुवात गर्नेछ । दोस्रो खेल २ सेप्टेम्बरमा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ ।
पाकिस्तानले तीव्रगतिका बलरमा शाहिन शाह अफ्रिदी, नसिम शाह, हरिस रौफ र मोहम्मद वासिम जुनियरलाई टोलीमा समेटेको छ । ब्याटिङमा बाबर आजम, मोहम्मद रिजवान, फखार जमाम, इमाम उल हक जस्ता खेलाडी समेटेको छ । शन मकसुद भने खराब प्रदर्शनका कारण टोलीमा नपरेको जनाइएको छ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता