एमालेले संसदलाई बन्धक बनाउन खोज्यो : पूर्व उपसभामुख भुसाल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व उपसभामुख पुष्पा भुसालले प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो समय संसदलाई बन्दक बनाउन खोजेको आरोप लगाउनु भएको छ ।

सुशासन भित्रपर्ने अपराध, प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै केहीदिन यता संसद अबरुद्ध हुँदै आएको प्रसंगलाई उठाउँदै उहाँले यस्तो बताउनु भएको हो ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य समेत रहनु भएका भुसालले प्रदेश संरचना सञ्चालन लगायत विषयले केन्द्रीय राजनीतिलाई उथलपुथल गराउँदै आएको बताउनु भएको हो ।
साथै उहाँले जनताको प्रिय पार्टी बनाउनका लागि अहिले काँग्रेसले आफ्ना संगठनहरुलाई मजबुत बनाउन देशभर अभियान चलाएको स्पष्ट पार्नुभयो । सुशासन कायम राख्न समावेशी, समृद्धि आवश्यक रहेको भन्दै काँग्रेस विचारको रुपमा बलियो पार्टी भएको दावी गर्नुभयो । पार्टीको नेतृत्व परिवर्तनकोे बिषयमा बाहिर अनावश्यक टिका–टिप्पणि गर्नुभन्दा आवश्यक समय र ठाउँमा रहेर अगाडी बढ्दा पार्टीको हित हुने बताउनु भयो ।

पूर्वउपसभामुख भुसालले हिजोको दिनमा गणतन्त्र र संसदमाथि प्रहार हुँदै जाँदा प्रणालीलाई बचाउनका लागि गठबन्धन गरिएको उल्लेख गर्दै अहिले बर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोको प्रभाव, चरम महङ्गी लगायत जनजीविकाको अवस्था दयनीय बन्दै गएकाबेला संसदबाट समाधानका उपाय निकाल्दै सम्बोधन गर्नुपर्नेमा प्रमुख प्रतिपक्ष दल संसद अवरुद्ध तिर लाग्नु लोकतान्त्रिक प्रणालीलाई कतै कमजोर बनाउन चाहेको त होईन भन्ने आशंकाका प्रश्नहरु उठिरहेको बताउनुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो “यस अर्थमा प्रतिपक्ष दलले आफ्नै समय बर्बाद गर्दै गएको छ । सदन प्रतिपक्षीको भएपनि दलहरुले सदुपयोग गर्न सकिरहेका छैनन”

भ्रष्टाचार र अख्तियार निवारण निर्णय काँग्रेसले गरेको भन्दै नेपाली कांग्रेस सधै सुशासनको पक्षमा रहेको पटक पटक दोहो¥याउनु भयो । भूसालले बिगतमा ललिता निवास प्रकरण मात्रै होईन, ओम्नी, सेक्युरिटी प्रिटिंङ प्रेस मेसिन खरिद प्रक्रियाको ७० करोड बारेमा कांग्रेसले संसदमा आवाज उठाएको तर संसद अबरोध नगरेको स्मरण गराउनुभएको थियो ।

उहाँले तत्काल सरकार परिवर्तन हुने कुनै सम्भावन नरहेको भन्दै यो ५ बर्षसम्म नै गठबन्धन सरकार टिक्ने जिकिर गर्नुभयो ।
साक्षात्कारमा नेपाली काँग्रेस क्षेत्रीय सभापति क्षेत्र नं.१ का हिरावहादुर केसी, बिभिन्न संचारमाध्यमका पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?