काठमाडौं । काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ।
प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिबार राती स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उहाँकी छोरीको मृत्यु भएको हो।
उहाँका अनुसार शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उहाँकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ ।
सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते हुनुभएको छ। उहाँको प्राथमिक उपचार गरिएको छ ।






